1 post · Poem

गजल

मेरा अक्षर सारेर गए कति तिनै अक्षर मारेर गए कति ! उस्तै छु म, मेरो अक्षर उस्तै छ यै अक्षरको चिट्ठा पारेर गए कति! अक्षरको मर्म र अर्थै नबुझी अक्षरदेखि हारेर गए कति! अक्षरमा पो फुल्छ नयाँ जमाना जमाना त्यसै टारेर गए कति ! बिर्से पाप लाग्दो हो त्यसैले गालामा आँसु झारेर गए कति ! दिपक काफ्ले पर्सा ,चितवन मुक्तक  प्रगति दुनियाको देखियो कहिले डाहा नै भयन कोसिस धेरै गर्दागर्दै पनि जिन्दगी आहा  नै भयन दुनियालाई खुसि पार्ने दौडमा थिय म आफ्नै खुसि कहा छुट्यो थाहा नै भयन । दिपक काफ्ले पर्सा ,चितवन