गजल
मेरा अक्षर सारेर गए कति
तिनै अक्षर मारेर गए कति !
उस्तै छु म, मेरो अक्षर उस्तै छ
यै अक्षरको चिट्ठा पारेर गए कति!
अक्षरको मर्म र अर्थै नबुझी
अक्षरदेखि हारेर गए कति!
अक्षरमा पो फुल्छ नयाँ जमाना
जमाना त्यसै टारेर गए कति !
बिर्से पाप लाग्दो हो त्यसैले
गालामा आँसु झारेर गए कति !
दिपक काफ्ले
पर्सा ,चितवन
मुक्तक
प्रगति दुनियाको देखियो कहिले डाहा नै भयन
कोसिस धेरै गर्दागर्दै पनि जिन्दगी आहा नै भयन
दुनियालाई खुसि पार्ने दौडमा थिय म
आफ्नै खुसि कहा छुट्यो थाहा नै भयन ।
दिपक काफ्ले
पर्सा ,चितवन