आमाको त्यो पुरानो फरिया
कालो बाकस भित्र राखिएको त्यो आमाको पुरानो फरिया देख्दा आमै को याद आउँछ । आमा कतै टाढा गए पनि त्यो पुरानो फरियाले आमैको याद मेटाउछ । निस्वार्थ माया दिने मेरी आमाले लगाएको त्यो पुरानो फरिया ले मलाइ पाठ सिकाउछ - ममता , करुणा र प्रेम। हरेक दिन हरेक चाडपर्व मा त्यही फरिया लगाएर हरेक दुख र पीडा बिर्सेर आफ्ना सन्तान को भविष्यका लागि दुख गर्ने मेरी आमा भगवान भन्दा कम छिन भनेर कसरी भनौ , कुनै आट नै आउदेन । पसिना पुछ्ने , फोहोर मैला भएका हात पुछ्ने र भावना पोख्ने त्यही पुरानो फरिया पनि फाट्दै गएछ - लाज छोप्ने त्यही एउटा लुगा पनि अन्तिम सास फेर्दै छ । सानी हुदा आफुले आमालाइ देखाएका रहर झुलुक्क सम्झिदा कहिले पूरा गर्ने होला मेरा ती वाचा भनेर दिमाग ले सधै सोचिरहन्छ। आमा त कति कसै रुन्छिन बरिलै सोचेका केही हुदैन्न भनेर तर आँसु पुछिदिने त्यही एउटा पुरानो फरिया बाकसमा सजिएको छ र आमा कतै टाढा *** - आमा दशै मा ढल्किन र हामी अन्धकार रात मा बिलायौ ।। त्यही पुरानो फरिया ले मलाइ सधै बोलाउछ - मेरो दुख सुख को साथी , आमै कतै टाढै गए नि आमा को झल्को मेटिदिने मेरो साथी नि बिलाउन लाइछिन । एक्दिन निस्पट्ट निशा मा खाना खाएर ओसिलो हात पुछेर दिनभरी के के भए कुरा गर्ने मेरी साथी हिजो बाकसमै थिएन - भाइले झिकेर आफुसङ्ग लिएर सुतेछ । किन भनेर सोधेकि आमा सङ्ग सुतेक याद आयो नि । आमै ले हो हो भनेर सुताउथिन ।अब त आमा छोडेर गैहालिन अरे । आँखा भरी आँसु भरिए तर मैले मेरो भाइ को अगाडि आँसु झारेर देखाइन ।त्यो आमाको पुरानो फरिया ले मलाइ हरेक कुरा सहन सिकाउछ!