3 posts · Article

जीवन

जीवन एक शब्द जसले धेरै अर्थ बोकेको छ । जीवन एक अनन्त यात्रा हो जुन कहिले रोकिँदैन । कस्तो है जीवन यो नदी जस्तो हुन्छ, यो बगिरहन्छ तर थाहा छैन काँहा पुग्छ । जीवनमा धेरै चरणहरु हुन्छन् । त्यसै गरी कहिले हामीले हामीलाई राम्रो गरेको ठान्छौँ तर कहिले आफूलाईनै गुमाएको अनुभव गर्दछौँ । एक प्रश्न तपार्इँहरुका लागि, तपाईँले कहिल्यै जीवनको बारेमा सोच्नुभएको छ ? जीवन किन हाम्रो लागि अनिश्चित यात्रा हुन्छ होला ? हामी किन असफलताको अगाडि हाम्रा आशाहरु गुमाउँछौ होला ? तर भन्ने नै हो भने यी प्रश्नहरु नै हुन् जसले हामीलाई गहिरो चिन्तन, हिम्मत र नयाँ अवसरको खोजीतर्फ प्रेरित गर्दछ ।बाटामा ठेस लाग्छ, आँसु झर्छ, आफ्नै आफन्तहरु टाढिन्छन् तर जीवन यहाँ रोकिदैन । जीवन त फेरि उठ्ने, हिँड्ने र मुस्कुराउने पाठशालाको नाम हो । यलि हरेक चोटपछि हामी हार मान्ने हो भने सफलता भन्ने शब्दको कुनै अर्थ हुँदैन । अँध्यारो रात जतिनै लामो भए पनि एक पल अवश्य विलाउनु नै पर्छ । यही जीवनको सार हो । एक दिन यो यात्रा समाप्त हुन्छ । तर त्यो दिन सम्म हाम्रो कर्तव्य भनेको जीवनमा डराएर होइन आशामा बाँच्नु हो, प्रेममा बाँच्नु हो र हारमा होइन सङ्घर्षमा विश्वास गर्नु हो । मानिसको महानता ऊ कति पटक लड्योमा होइन, ऊ प्रत्यक पटक कसरी उठ्यो भन्नेमा हुन्छ ।अन्तमा जीवनले हामीलाई सधैँ सोधिरहन्छ, ‘तिमी हार मान्छौ या एक कदम अगाडि बढाउँछौ ?’ । हाम्रो उत्तर सधैँ एउटै हुनुपर्छ, ‘म अगाडि बढ्छु किनकि जीवन जित्नेहरुकालागि भन्दा, हार नमान्नेहरुका लागि सुन्दर हुन्छ ।’धन्यवाद