13 posts

विदेशिएकालाईअनुरोध

जीवन साथै यस संसारलाई बुझ्दै जाँदा आज मैले एक पीडित बालबालिकाको समुहलाई भेट्न पुगे। मनमा अमङ्ग लिएर बसेको उनीहरूमा आज आफूलाई जन्म दिने आमा र जीवनको संघर्ष सिकाउने बाबासित नहुँदा कस्तो हुँदोरहेछ भन्ने कुरा तिनीहरुलाई हेरेर थाहा पाएँ । उनीहरुका लागि जीवनरूपी संसार नै अन्धकारछ। बाबाआमाको मनमा छोराछोरी प्ररी कति हुन्छ भन्ने कुरा बुझ्‌नै पाएका छैनन् । यो संसार कस्तो विडम्बना हो रखै कुन्नि? बाठा जमा यस धार्तीमै भएपनि आफूबाट टाढिएका र उनीहरूबाट पाउने माया ममता नपाएका बालबालिका जीवनमा के खुसी होला र? खै कुनिन विवाहको वन्धनमा बाँधिएर छोराछोरी जम्माएर मात्र केही हुने छैन-!उनीहरुलाई जीवन र जीवनखपी यात्रको अर्थ बुझाउन सकिएन भने ! , आजका पीडित छोराछोरीको गवका साथ भन्ना सवेको छैनन् कि म मेरो बाबाआमासँग बस्छु भनेर। यसको सट्टा उनीहरू मेरो आमाबाबा हुनुहुन्छ रे भन्ने कुरामा मात्र सीमित छन् । आज देशको अवस्था विउिँदै जानु र नेपालआमाको काखमा रहेका छोराछोटी एक्लिनुका कारण पनि यही विदेशप्रतिको आकर्षण हो ! नेपालमा पनि यस्ता कैचौ बाबाआमा छन् जो आफ्ना छोराछोरीलाई अरूको साथमा छोडेर विदेशिएका छन्। विदेश गएर पैसा दाएर मात्र केही पनि मोल पाउन सकिंदैन 'आफ्‌नो माया ममताबाट पठा बनाएर कुनै विद्यालयको छात्रावासमा रार०ने बाबाआमाप्रति के छोराछोरीको माया बदःला? यस्तै हुने हो भने यो संसारमा आमाको माया कस्तो हुँदोरहेछ भन्ने बुझ्न पानी गाह्रो हुन्छ। अहिलेको बालबालिका भविष्यका कर्णधार नै हुन् । यिनीहरू पनि अवश एकदिन बाबाआमा हुनै पर्छ तर आफैले माया र ममता भनेको कस्तो हुन्छ भन्ने नबुझेकाले आउने पुस्तालाई के सिकाउलान T म एक बालक भएको नIताले त यस्तो बुझ्न सकें भने हजुरहरू किन बुझ्‌नु हुँदैन ? कि बुझेर पाठी नबुझेको जस्तो गर्नुहुन्छ ? त्यसैले म हजुरहरू सामु अनुरोध गर्न चाहन्छु 'कानमा टप, मुन्द्रा र घांटीमा सित्री नश्खोज्नुहोला ऑटो र गुन्द्रुक खाने मुखलाई विगरेर बास्मतीका चामल नखोज्नुहोला मोही र गाभा को तरकारीलाई पन्छाएर मासु र ह्वीस्कीमा नरमाउनुहोला गाउँघर छाडेर विदेश नपस्होतवारीलाई पन्छाएर माख र ह्वीस्कीमा नरमाउनुहोला गाउँघर छाडेर विदेश नपस्नुहोला । किन की आफूलाई जन्मदिने आमा र जन्मभूमिभन्दा प्यारो यो संसारमा हजुरले जति पैसासँग दाँजे पनि पाउन सक्नुहुने छैन । आमाको कोमल कारख छोराछोरीलाई कति प्यारो हुन्छ भन्ने कुरा धरमा कलिला छोराछोरी छोडेर विदेशिएकाहरू‌लाई के थाहा, ! विदेशिनु भएका आमाबुबा, दाजुभाइ ? आज हजुरलाई हात समातेर हिँड्न सिकाउने बाबा आज आफ्‌नो जिन्दगीको अन्तिम पाइलामा 'बेसहारा भएर रूदै लड्‌दै उठ्‌दै मात्र एउटा लब्ठीको सहारामा बाँचनु भएको छ। तसर्थ ची मोजमस्ती र विलासी जीवनशैली होम साधारण जीवनशैलीमा रमाउन सिक्नुहोस् !