जीवन साथै यस संसारलाई बुझ्दै जाँदा आज मैले एक पीडित बालबालिकाको समुहलाई भेट्न पुगे। मनमा उमङ्ग लिएर बसेको उनीहरूमा आज
आफूलाई जन्म दिने आमा र जीवनको संघर्ष सिकाउने बाबासित नहुँदा कस्तो हुँदोरहेछ भन्ने कुरा तिनीहरुलाई हेरेर थाहा पाएँ ।
उनीहरुका लागि जीवनरूपी संसार नै अन्धकार छ । बाबाआमाको मनमा छोराछोरी प्रती कति माया हुन्छ भन्ने कुरा बुझ्नै पाएका छैनन् ।
यो संसार कस्तो विडम्बना हो र खै कुन्नि? बाठा जमा यस धर्तीमै भएपनि आफूबाट टाढिएका र उनीहरूबाट पाउने माया ममता नपाएका
बालबालिका जीवनमा के खुशी होला र? खै कुनि न विवाहको वन्धनमा बाँधिएर छोराछोरी जन्माएर मात्र केही हुने छैन ! उनीहरुलाई जीवन
र जीवनखपी यात्राको अर्थ बुझाउन सकिएन भने ! ,
आजका पीडित छोराछोरीको गर्वका साथ भन्न सकेको छैनन् कि म मेरो बाबाआमासँग बस्छु भनेर । यसको सट्टा उनीहरू मेरो आमाबाबा
हुनुहुन्छ रे भन्ने कुरामा मात्र सीमित छन् । आज देशको अवस्था विउिँदै जानेु र नेपाल आमाको काखमा रहेका छोराछोटी एक्लिनुका
कारण पनि यही विदेशप्रतिको आकर्षण हो ! नेपालमा पनि यस्ता कैचौ बाबाआमा छन् जो आफ्ना छोराछोरीलाई अरूको साथमा छोडेर
विदेशिएका छन्। विदेश गएर पैसा दाएर मात्र केही पनि मोल पाउन सकिंदैन ’आफ्नो माया ममताबाट पठा बनाएर कुनै विद्यालयको
छात्रावासमा राख्ने बाबाआमाप्रति के छोराछोरीको माया बदल्ला? यस्तै हुने हो भने यो संसारमा आमाको माया कस्तो हुँदोरहेछ भन्ने
बुझ्न पनी गाह्रो हुन्छ । अहिलेको बालबालिका भविष्यका कर्णधार नै हुन् । यिनीहरू पनि अवश्य एकदिन बाबाआमा हुनै पर्छ तर आफैले
माया र ममता भनेको कस्तो हुन्छ भन्ने नबुझेकाले आउने पुस्तालाई के सिकाउलान त
म एक बालक भएको नाताले त यस्तो बुझ्न सकें भने हजुरहरू किन बुझ्नु हुँदैन ? कि बुझेर पनी नबुझेको जस्तो गर्नुहुन्छ ? त्यसैले
म हजुरहरू सामु अनुरोध गर्न चाहन्छु ’कानमा टप, मुन्द्रा र घांटीमा सिक्री नखोज्नुहोला ऑटो र गुन्द्रुक खाने मुखलाई विगारेर
बास्मतीका चामल नखोज्नुहोला, मोही र गाभा को तरकारीलाई पन्छाएर मासु र ह्वीस्कीमा नरमाउनुहोला, गाउँघर छाडेर विदेश
नपस्नुहोला । किन की आफूलाई जन्मदिने आमा र जन्मभूमिभन्दा प्यारो यो संसारमा हजुरले जति पैसासँग दाँजे पनि पाउन सक्नुहुने
छैन । आमाको कोमल काख छोराछोरीलाई कति प्यारो हुन्छ भन्ने कुरा घरमा कलिला छोराछोरी छोडेर विदेशिएकाहरूलाई के थाहा !
विदेशिनु भएका आमाबुबा, दाजुभाइ आज हजुरलाई हात समातेर हिँड्न सिकाउने बाबा आज आफ्नो जिन्दगीको अन्तिम पाइलामा बेसहारा भएर
रूदैँ लड्दै उठ्दै मात्र एउटा लठ्ठीको सहारामा बाँच्नु भएको छ। तसर्थ यी मोजमस्ती र विलासी जीवनशैली छोडेर साधारण जीवनशैलीमा
रमाउन सिक्नुहोस् !